काठमाडौं - सहरी विकास मन्त्रालय घेराउ गर्न सिंहदरबार पुगेका इन्जिनियरहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ। सरकारले सेवा, सुविधावापतको रकम कटौति गरेको विरोधमा आन्दोलनरत पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले मंगलबार निषेधित क्षेत्र सिंहदरबारको दक्षिणी गेटस्थित सहरी विकास मन्त्रालय घेराउ गर्न खोजेपछि प्रहरीले लाठी चार्ज गरेको हो। प्रहरीको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी इन्जिनियरहरु घाइते भएका छन्। आफूहरुको शान्तिपूर्ण…