विप्लव समूहका भेरी-कर्णाली इञ्चार्ज धनराज शाही पक्राउ

कालिकोट - नेत्र विक्रम चन्द विप्लव माओवादी बुद्धिजीवी परिषद भेरी–कर्णाली इञ्चार्ज धनराज शाहीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । कालिकोट जुबिया–८ लिबुवाका उनलाई मोल्पा राताडाबाडबाट सोमबार पक्राउ गरेको हो । प्रहरीको गस्ती टोलीलाई आक्रमण गर्ने, विभिन्न ठाउँमा बम बिस्फोट गराउने योजना बनाइरहेका बखत उनलाई पक्राउ गरिएको हो । शाही कालिकोटमा विप्लव माओवादीले गठन गरेको जनसरकार…