अन्तरिक्षमा नेपालको उपस्थिति खुसी र गौरवको कुरा :उपराष्ट्रपति पुन

काठमाडौं - नेपालको पहिलो भू–उपग्रह प्रक्षेपण भएकोमा उपराष्ट्रपति नन्दबहादुर पुनले खुसी व्यक्त गरेका छन्। उपराष्ट्रपति नन्दबहादुर पुनले एक सन्देश जारी गर्दै नेपालको पहिलो भू–उपग्रह अन्तरिक्षतर्फ पठाइएकोमा खुसी व्यक्त गरेका हुन्। बिहीबार बिहान नेपाली समयअनुसार २ः३१ मिनेटमा नेपालको पहिलो भू–उपग्रह (न्यानो स्याटेलाइट) ‘नेपाली स्याट–१’ अन्तरिक्षतर्फ पठाइएको थियो। अमेरिकाको भर्जिनिया राज्यको तटस्थित नासाको वालोप्स उडान केन्द्रबाट अन्तर्राष्ट्रिय…