वीरगञ्ज - सशस्त्र प्रहरीले पर्साको ग्रामीण नाकाहरुबाट ६० किलो गाँजा बरामद गरेको छ। आइतबार राति पर्साको जीराभवानीबाट भरियाहरुले टाउकोमा बोकेर भारततर्फ गाँजा लैजाँदै गरेको बेला सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट जानकीटोला भिखमपुरका सशस्त्र प्रहरी निरीक्षक सोम श्रेष्ठले जानकारी दिए। उनका अनुसार तस्करहरुले विभिन्न ग्रामीण क्षेत्रका गाउँमा भण्डारण गरेर भरियामार्फत भारततर्फ तस्करी…