काठमाडौं—प्रतावित गुठीसम्बन्धी विधेयकबारे तीब्र विरोध भएपछि सरकार पछि हट्ने संकेत देखिएको छ। सोबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाबाट काठमाडौं उपत्यकाबाट निर्वाचित सांसद र स्थानीय तहका जनप्रतिनिधिसँग सोमबार छलफल गरेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा विधेयकका विषयमा विभिन्न जनप्रतिनिधिले आफ्नो राय व्यक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सो अवसरमा राष्ट्रियसभामा सत्ता पक्षका नेता…