कांग्रेसका ५ पूर्वपदाधिकारीहरू पुगे देउवा निवास

काठमाण्डु— सभापति शेरबहादुर देउवालाई भेट्न नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू बूढानीलकण्ठ पुगेका छन्। सोमबार उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको छलफलको निष्कर्ष सुनाउन उनीहरु देउवा निवास पुगेका हुन् । उपप्रधानमन्त्री सिंह, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत सभापति देउवालाई भेट्न पुगेका हुन्। उनीहरुले देउवालाई भेटेर नेपाली कांग्रेस…