नवराज सिलवालविरुद्ध पक्राउ पूर्जी जारी, सिलवाल मलेसिया हिँडे

काठमाडौं– काठमाडौं प्रहरी परिसरले एमाले सांसद एवं पूर्वडिआईजी नवराज सिलवालविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ।       कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको आरोपमा मुद्दा खेपिरहेका सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले मंगलबार प्रहरी परिसर ललितपुरलाई पत्र काटेको हो।         सिलवाल भने मलेसियाको क्वालालम्पुर हिँडेका छन्।     एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीद्वारा क्वालालम्पुरमा…