भक्तपुरमा विप्लवले गर्यो जग्गा कब्जा

भक्तपुर – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भक्तपुरमा एक रोपनी जग्गा कब्जा गरेको दाबी गरेको छ । विप्लव समूहको भक्तपुर जिल्ला जनपरिषदले चाँगुनारायण नगरपालिका–२ दुवाकोटको एक रोपनी एक दाम जग्गा कब्जामा लिएको हो । विप्लवले एक विज्ञप्ति जारी गर्दै त्यहाँका समाजसेवी, भलादमी र बुद्धिजीवीसँग छलफल गरिएको र वास्तविक धनी पीडित भएको पुष्टि भएकाले…