अपडेट : सुकेधारा र अनामनगर विस्फोटमा मृत्यु हुनेको पहिचान खुल्यो

काठमाडौं - काठमाडौंको सुकेधारा र अनामनगरमा ग्यास सिलिण्डर विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ । सुकेधारा विस्फोटमा २ र अनामनगरमा एक जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए । सुकेधारा विस्फोटमा परेका मध्ये एक जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारका लागि अस्पताल पुर्‍याएपछि मृत्यु भएको प्रवक्ता पोखरेलले जानकारी दिए । …