राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगको प्रमुखमा राई नियुक्त 

काठमाडौं – सरकारले संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगको प्रमुखमा अमृतकुमार राईलाई नियुक्त गरेको छ । उनलाई सरकारले केही समयअघि कार्यकाल नसकिदै दक्षिण अफ्रिकाबाट फिर्ता बोलाएको थियो । उनी दक्षिण अफ्रिकाका लागी नेपाली राजदूत थिए ।  न्युयोर्कस्थित नियोगको प्रमुखका लागि परराष्ट्र सचिव शंकर बैरागी वा सहसचिव भरतराज पौडेल जाने चर्चा चलेपनि अन्तिममा राईले जिम्मेवारी पाएका…