नेकपा स्थायी बैठक सकियो, ओली-प्रचण्डको प्रतिवेदन परिमार्जन सहित पारित

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सकिएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पेश गरेको राजनीतिक-सांगठनिक प्रतिवेदन नेकपा स्थायी समिति बैठकले परिमार्जन सहित सर्वसहमतिले पास गर्दै नेकपाको बैठक शुक्रबार सकिएको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए अनुसार केन्द्रीय सचिवालयले अध्यक्षद्वयको प्रतिवेदनलाई परिमार्जनको काम गर्नेछ। बैठकले पुष मसान्तभित्र…