काठमाण्डु - टर्कीको उत्तरपश्चिमी प्रान्त बाल्केसिरमा आइतबार साँझ भूकम्प गएको छ । ६.१ म्याग्निच्युडको भूकम्पमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८१ वर्षीया महिला छिन् । भग्नावशेषबाट निकालिएको केही समयपछि उनको मृत्यु भएको हो । भूकम्पका कारण कम्तीमा १६ वटा भवन पूर्ण रूपमा ढलेका छन् भने २९ जना घाइते भएका छन् । टर्कीको…