सुर्खेत – बिरेन्द्रनगर–४ गौतम चोक नजिक टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सुर्खेत–जुम्लारोड नोबल एकेडेमी अगाडि भे १ ख २२४० नम्बरको ट्रिप्परले भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कालिकोट महावै गाउँपालिका–३ सिमखेतका २० वर्षीय केशर सिंहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरिक्षक रबि रावलले जानकारी…