प्रजिअलाई सङ्घ मातहत राख्नु संवैधानिक बाध्यताः वनमन्त्री बस्नेत

सुर्खेत - वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले संवैधानिक बाध्यताका कारण प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई प्रदेश मातहत राख्न नसकिने बताएका छन् । गृह जिल्ला जाजरकोट जाने क्रममा सुर्खेत विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले प्रमुख जिल्ला अधिकारी सङ्घ मातहत रहेपनि प्रदेश सरकारसँग उपयुक्त ढङ्गले समन्वय गर्ने बताए । सातवटै प्रदेश सरकारले प्रजिअलाई आफू मातहत राख्न…