राष्ट्रिय सुरक्षा परिषद्को बैठक, सुरक्षा नीतिबारे छलफल

काठमाडौं - राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था, राष्ट्रिय सुरक्षा नीति र उक्त सचिवालयको सृदृढीकरणबारे छलफल भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरवास्थित परिषद्को सचिवालयमा आइतबार उक्त बैठक बसेको थियो। परिषद्को अघिल्लो बैठकले राष्ट्रिय सुरक्षा नीति २०७३ परिमार्जन गर्ने निर्णय गरेको थियो। उक्त नीति परिमार्जनका लागि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको…