वान वेल्ट वान रोडमा चीनको शंका कायमै

बेइजिङ – नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) लाई भित्रैदेखि समर्थन गर्छ भन्नेमा चिनियाँ अधिकारीहरूमा प्रशस्त दुविधा देखिएको छ । अघिल्लो साता कुन्मिङ र बेइजिङमा भएका अन्तरक्रियामा सहभागी चिनियाँ अधिकारीहरूले यस्तो आशंका गरेका हुन् । उनीहरूले भारत र चीनलाई सन्तुलन गर्नुपर्ने कठिनाइ बुझेको बताए पनि देशको दीर्घकालीन समृद्धिका लागि बिआरआई कार्यान्वयन गर्न सुझाव दिएका छन्…