काठमाडौं– गृहमन्त्री रामबहादुर थापा‘बादल’ले गृह मन्त्रालय अन्तर्गत निकायका कामकारवाही थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्। गृहमन्त्रालयमा बिहीबार आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७५÷७६ को प्रथम चौमासिक समिक्षा बैठकमा गृहमन्त्री थापाले मन्त्रालयका कामकारवाही सन्तोषजनक रहेपनि यसलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए। ‘तपाईहरुलाई दिईएको जिम्मेवारी ईमान्दारितापूर्वक, सक्रियतापूर्वक र सृजनशिल ढङ्गले निर्वाह गर्नुहोस् । कुनै समस्या आए मन्त्रालय…