एजेन्सी - अमेरिकाको सिकागोस्थित मर्सी अस्पतालमा सोमबार दिउँसो ३ बजे एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा एक डाक्टरसहित चार जनाको ज्यान गएको छ । गोली लागेर अस्पतालका दुई महिला कर्मचारी, एक प्रहरी अधिकारी र गोली चलाउने व्यक्ति स्वयं रहेका छन्। नाम नखुलेका ती व्यक्तिले तीन जनालाई गोली हानेपछि आफैंलाई गोली हाने या प्रहरीको गोलीले उनी मारिए…