काठमाडौं - शनिबार दिउँसो तीन बजेका लागि बोलाइएको केन्द्रीय सचिवालयको बैठक समयमै सुरु नभएपछि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरु झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक बहिस्कार गरेर बाहिरिएका छन्। लामो समयसम्म कुराएर आफूहरुको अपमान गरेको भन्दै बैठक बहिस्कार गरेर बाहिरिएका हुन् । निर्धारित समयमा बैठक बस्नका लागि पुगे पनि प्रधानमन्त्री नआएपछि आफूहरुले…