मुद्दा छिनिन्छन्, कार्यान्वयन हुँदैनन्

काठमाडौं - २००४ साल साउन २६ मा प्रधान न्यायालय मातहतको जिल्ला अदालत काठमाडौंले एउटा मुद्दा छिन्यो। प्रतिवादी हासी भनिने यसबहादुर कार्कीलाई हाजिर जवानी मुद्दामा पाँच वर्ष चार महिना कैद र एक हजार दुई सय ३५ रुपैयाँ जरिबाना ठहर ग-यो। अदालतले ठहर गरेको कैद र जरिबाना तिर्न कार्की कहिल्यै आएनन्। काठमाडौं जिल्ला अदालतले त्यस मुद्दालाई प्रत्येक…