काठमाडौं–गृहमन्त्री रामबहादुर थापाको फेरी राजीनामा माग भएको छ । निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कार्वाही गर्न माग गर्दै सोमबार पनि काठमाडौंमा थाल ठटाएर सरकारविरुद्ध प्रर्दशन गरिएको छ । युवा नर्स सञ्जालले आयोजना गरेको प्रर्दशनमा निर्मला हत्या प्रकरणका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्रीको राजीनामा मागिएको हो । उनीहरुले सरकारविरुद्ध समेत चर्को नारावाजी गरेका…