निर्वाचनको सुरक्षा तयारी बुझ्न गृहमन्त्री अर्याल नुवाकोट र धादिङ भ्रमणमा

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित ढङ्गमा देशैभर तोकिएकै मितिमा सम्पन्न हुने बताएका छन् । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी सम्बन्धी विषयमा शनिबार नुवाकोट र धादिङ जिल्लाको स्थलगत निरीक्षण अनुगमनको क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका उनले निर्वाचनको सुरक्षा बन्दोबस्त गरिएको बताए ।…