काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान दिवसकाे अवसरमा शुभकामना व्यक्त गरेका छन् । बुधबार शुभकामना सन्देश दिँदै उनले नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती र राष्ट्रिय एकतालाई अझै बलियो बनाउँदै समृद्धिको मार्गमा अगाडि बढ्न संविधान दिवसले प्रेरणा प्रदान गर्ने बताए। सार्वभौम नेपाली जनताले आफ्नो संविधान आफैँ जारी गरेको ऐतिहासिक दिनका रुपमा संविधान दिवस…