खानेपानी संस्थानको अध्यक्षमा कञ्चनपुरका जिउलाल चौधरी नियुक्त

काठमाडौं– सरकारले खानेपानी संस्थान सञ्चालक समितिमा नयाँ नियुक्ति गरेको छ। २१ माघमा बसेको मन्त्रिपरिषद् बैठकले संस्थानको अध्यक्षमा कञ्चनपुरका जिउलाल चौधरीलाई नियुक्त गर्ने निर्णय गरेको हो। यसैगरी, सदस्यमा चितवनकी संगीता भट्टराई रेग्मी र सिन्धुलीका रामबहादुर थापा नियुक्त भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।