भारतले गण्डक नहरमा ढिलो पानी छाड्दा गहुँखेती प्रभावित

वीरगञ्ज - भारतीय पक्षले गण्डक नहरमा ढिलो गरी पानी छोड्दा पर्सा, बारा तथा रौतहट जिल्लामा यसवर्ष गहुँखेती प्रभावित हुने किसानको गुनासो रहेको छ। भारतीय पक्षले गण्डक नहरमा डिसेम्बर २५ (पुस १०) भित्र पानी छोडी सक्नुपर्नेमा भारतीय पक्षको नहरको मूलढलानमा ढिलो गरी पानी दिएकाले दुई हप्ता ढिलो पानी आएको हो। नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय वीरगञ्जका…