आगलागीबाट पांच लाख बराबरको क्षति

गौशाला - महोत्तरी जिल्लाको मनरा नगरपालिका–७ सरपल्लो बजारमा एक मिठाई पसलमा शनिबार अबेर साँझ आगलागी हुंदा पांच लाख मूल्य बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कडायतका अनुसार शनिबार सरपल्लो बजारमा अवस्थित तलेश्वर साहको मिठाई पसलमा भीषण आगलागी भएको थियो । सो आगलगीमा परी मिठाई पसलभित्र रहेको मिठाई, नगद, भांडाकुडा,…