काठमाडौँमा गर्मी बढ्यो, केही स्थानमा ठूलो वर्षा हुनसक्ने

काठमाडौँ - आगामी तीन दिनसम्म देशका मध्य तथा पश्चिमी भेगका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै महाशाखाले देशका अधिकांश भेगमा आंशिकदेखि सामान्य बदली भई मध्य र पश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको छ । बिहिबार दिउँसो देशका अधिकांश भेगमा बदली रही…