अर्घाखाँची - सरकारले तत्कालिन नेकपा माओवादी आक्रमणको क्रममा जलेका किसानका लालपुर्जा वितरणको काम शुरु गरेको छ द्वन्द्वको क्रममा लालपुर्जा जलेपछि पुनः नापी गरेर लालपुर्जा वितरण गर्न लागिएको हो । त्यसको शुरुवात अर्घाखाचीबाट शुरु भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवले अर्घाखाँचीको सन्धीखर्क नगरपालिका वडा नम्बर–२ बाट लालपूर्जा वितरण शुरु गर्नु भएको…