मोरङ - जिल्लाका एक दर्जन बढी स्थान बाढीको उच्च जोखिममा छन् । नेपाल रेडक्रस सोसाइटी मोरङका अनुसार जिल्लाका आधा दर्जन ठूला नदीमा आउने बाढीका कारण ती स्थानका बस्ती जोखिममा परेका हुन् । जिल्लामा बक्राहा, रतुवा, लोहन्द्रा, चिसाङ, सिंगिया, केशलियालगायत ठूला नदीले वर्षेनी ठूलो मात्रामा जनधनको क्षति पु¥याउने गरेको रेडक्रस जिल्ला सभापति सुबोधकुमार सिंहले जानकारी दिए…