आइपुग्यो २८० सिट क्षमताको वाइडबडी जहाज, विमानस्थलमा मन्त्रीले गरे स्वागत

काठमाडौं - नेपाल वायुसेवा निगमले पहिलोपटक वाइडबडी विमान नेपाल भित्र्याएको छ । ‘ए ३३०–२००’ सिरिजको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा अवतरण गराएको हो । निगमले खरिद गरेको ’अन्न्पूर्ण’ नाम राखिएको ‘ए ३३०–२००’ सिरिजको यो जहाज २८० सिट क्षमता रहेको छ। यो जहाजको व्यावसायिक उडान भने आगामी अगस्ट १ गतेबाट हुनेछ। निगमले अमेरिकी कम्पनी एएआरसँग…