खानेपानी मन्त्री बिना मगरको निर्देशन-‘हुलाकी राजमार्ग निर्माण युद्धस्तरमा गर्नुहोस्’

विमल धामी कञ्चनपुर– खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरमा निर्माण हुन लागेको हुलाकी राजमार्ग आयोजनाको काम युद्धस्तरमा अघि बढाउन निर्देशन दिएकी छिन्। बिहीबार निर्वाचन क्षेत्र विकास कार्यक्रमको योजना छनौटका लागि गृहजिल्ला आएको बेला महेन्द्रनगरमा हुलाकी राजमार्ग आयोजना र निर्माण कम्पनीका कर्मचारीलाई सडकको काम  द्रुतगतिमा अघि बढाउन निर्देशन दिएकी हुन्। मन्त्री मगरले भने, ‘हुलाकी राजमार्ग निर्माणमा ढिलासुस्ती…