काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री केशव झाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दीमा पर्ने चेतावनी दिएका छन् । राजधानीमा आयोजित साक्षात्कारमा महामन्त्री झाले सरकारलाई हामीले दिएको समर्थन अब फिर्ता लिइने बताए। 'काउन्टडाउन सुरु भैसक्यो । हामीले छठ सकिएलगत्तै १० दिनको समय दिएका थियौं । आज चार दिन…