त्रिवि परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयका तीन कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। घुस लिएर परीक्षाको परिणाम फेरबदलमा संलग्‍न रहेको आरोपमा अख्तियारले परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका कर्मचारी रामबहादुर कर्माचार्यसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो। एमए गोप्य शाखाका अधिकृत रामबहादुर कर्मचार्यलाई एक लाख ५० हजार घुस दिएर भक्तपुर…