काठमाण्डु – बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित नागार्जुन नगरपालिका–१५ कारखाना चोक बस्ने ४६ वर्षीय प्रेम गुरूङलाई प्रहरीले पक्राउ गरेको छ । थाई एयरवेजको उडानद्वारा काठमाण्डुबाट बैंकक जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा उनको झोलाबाट १३ हजार युरो, २३ हजार ५ अमेरिकी डलर, ६ हजार स्वीस…