काठमाण्डुसहित २७ जिल्लामा आज बाढीको मध्यम जोखिम

काठमाण्डु- देशका केही सानाठूला नदीमा शुक्रबार पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ । ती नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । बारा, रौतहट, काठमाण्डु , ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट, सल्यान, रुकुम पूर्व र रुकुम पश्चिममा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना उच्च रहने औँल्याइएको छ…