थवाङ गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृतसहित सातै जना कर्मचारी सम्पर्कमा

काठमाण्डु - विगत तीन दिनदेखि सम्पर्कविहीन भएका भनिएका रोल्पास्थित थबाङ गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृतसहित सात जना कर्मचारी सम्पर्कमा आएका छन्। उनीहरू बिहीबार गाउँपालिकाको सम्पर्कमा आएका हुन्। गाउँपालिका अध्यक्ष ऋषिकेशब बुढामगरलाई प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरले फोन गरेर आफूहरू सकुशल अवस्थामा रहेको जानकारी गराएका हुन्। गाउँपालिका अध्यक्ष बुढाले प्रमुख प्रशासकीय अधिकृत घर्तीसहित सबै कर्मचारी सम्पर्कमा आइसकेको…