काठमाण्डु- प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यी १८ जना मध्ये २ जना स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सुदूरपश्चिमका ९ जिल्लामा १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। सात पहाडी जिल्लामा महिला उम्मेदवारी न्यून रहे पनि तराईका जिल्लामध्ये कैलाली र कञ्चनपुरमा उल्लेख्य सहभागिता छ। प्रदेश निर्वाचन कार्यालयकाअनुसार सबैभन्दा बढी…