काठमाण्डु - राष्ट्रिय युवा संघले लुम्बिनी अध्यक्ष सुरज खरेललाई पदमुक्त गरेको छ । सामाजिक सञ्जालमार्फत एमालेको भावी अध्यक्ष विद्या भण्डारीलाई बनाउनुपर्ने मत राख्दै आएका खरेललाई असार २५ मा महासचिव महेश चौलागाईले स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणमा अध्यक्ष खरेलमाथि पोखरामा भएको महाधिवेशनमा अध्यक्ष मण्डलका सदस्यलाई अभद्र व्यवहार गरेको आरोप लगाउँदै भौतिक रूपमा उपस्थित भएर स्पष्टीकरण दिन…