आकस्मिकबाहेकका सबै सेवा बन्द गरी डाक्टरहरू हड्तालमा

काठमाण्डु - नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द भएको छ। उपचारमा लापरबही गर्ने चिकित्सक र अस्पतालहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति तिराउन थालेपछि रुष्ट भएका चिकित्सकहरू केही समयदेखि आन्दोलनमा छन्। संघको आह्ववानमा डाक्टरहरूले सोमबार आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन्। चिकित्सकले सेवा बहिष्कार गर्दा बिरामी मर्कामा परेका छन्। संघका महासचिव…