काठमाण्डु – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाण्डुको १० नम्बर निर्वाचन क्षेत्रमा मनोनयन पत्र दर्ता गरेकी सुमित्रा बस्नेतको उम्मेदवारी खारेज भएको छ । उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ गरी निर्वाचन अधिकृतको कार्यालयले बिहीबार २ जनाको उम्मेदवारी खारेज गरिएको छ । काठमाण्डु–१० की उम्मेदवार सुमित्रा बस्नेत र कैलाली–१ का रेशम चौधरीको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको…