काठमाण्डु - नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि ट्राफिक प्रहरीले यातायात व्यवस्था मिलाएको छ । महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले दिउँसो भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा गर्दैछन् । उदघाटन समारोहस्थलमा नेता–कार्यकर्ताहरू बिहानै पुगेका छन् । उदघाटन समारोहस्थलको सुरक्षाका लागि विशेष तालिम प्राप्त कुकुरसहित प्रहरी टोली समेत परिचालन भएको छ । यस्तै प्रतिनिधि तथा पर्यवेक्षकका…