नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा शपथ ग्रहण

काठमाण्डु – अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले शपथ ग्रहण गरेकी छन् । जेनजी पुस्ताको आन्दोलनको मागबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि भएको लामो छलफलपछि कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको हो ।