एमालेका ७ पदाधिकारीले केपी ओलीलाई साथ दिने

काठमाण्डु- नेकपा एमालेका ७ जना पदाधिकारीहरूले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिने भएका छन् । शुक्रबार भएको अनौपचारिक छलफलबाट ७ जना नेताले ओलीकै नेतृत्वलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेका हुन् । उपाध्यक्षहरू रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्यालले आजबाट ओलीलाई साथ दिने भएका हुन्…