कैलाली–प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट स्थलगत भ्रमण गर्न आएको एक टोलीले आज प्रदेश नं ७ को सरकारसँग छलफल गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव केदारबहादुर अधिकारी नेतृत्वको टोलीले प्रदेश नं ७ का मुख्यमन्त्री र मन्त्रीहरुसँग छलफल तथा अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा प्रदेशको भौतिक पूर्वाधार र जनशक्ति, प्रदेशको आव २०७५÷७६ को बजेट, कार्यक्रम र…