गोरेले भने ‘एसएसपी खत्रीले प्रतिकिलो ५० हजार बुझ्थे’

काठमाडौं -  ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) ले सुन तस्करीमा प्रहरीसहित ठूलो सञ्जाल क्रियाशील हुने गरेको बताएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा ३० पृष्ठ लामो बयान दिँदै गोरेले तस्करीमा कुनै राजनीतिक नेताको नाम नलिई ‘ठूला मान्छे’को संलग्नतालाई संकेत गरेका छन् ।…