काठमाडौँ - झापाको बिर्तामोडस्थित बी एन्ड सी शिक्षण अस्प्तालका सञ्चालक दुर्गा प्रसाईले बंगलादेशमा पढ्न गएका नेपाली चेलीहरूबारे आफूले राखेको भनाइले नेपाली चेलीहरुको आत्मसम्मान र मानमर्यादामा आँच पुगेको भन्दै माफी मागेका छन् । भक्तपुरस्थित रफत सञ्चार क्लबमा बोल्दै उनले आफूले करिब १४ महिनाअघि अर्कै आशयले बोलेको कुरालाई तोडमोड गरी सामाजिक सञ्जालमा भाइरल बनाइएको पनि गुनासो गरेका…