स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसंघीय आवासीय सहसंयोजकबिच भेटघाट

काठमाण्डु – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय सहसंयोजक लीला पेइटर्सबिच सोमबार काठमाण्डुमा भेटघाट भएको छ ।  भेटका क्रममा संयुक्त राष्ट्रसंघअन्तर्गत विश्व स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ), संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) लगायत संस्थाहरूद्वारा नेपाललाई भइरहेको सहयोगको बारेमा छलफल भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।…