गृहमन्त्रालयको चेतावनीः यातायात व्यवसायी हडतालमा उत्रिए कडा कारबाही हुन्छ

काठमाडौं– गृह मन्त्रालयले यातायात व्यवसायी हडतालमा उत्रिए कडा कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले मंगलबार बिज्ञप्ती जारी गरी यातायात व्यवसायीहरुले देशभरी रुट पर्मिट खुला गरेको विरुद्धमा आन्दोलन गर्न लागेकोप्रति ध्यानाकर्षण भएको जनाउँदै एेन विपरित काम गर्नेलाई  कडा कारबाहीको चेतावनी दिएको हो । यातायात व्यवसायीले हड्ताल गरेमा उनीहरुको सवारी नियन्त्रणमा लिएर चलाइने मन्त्रालयले जनाएको छ । नेपाल सरकारले दिएको…