पशुपति क्षेत्र मगन्तेमुक्त घोषितः २०८२ सालभित्र मुलुकलाई नै मगन्तेरहित बनाउने लक्ष्य

काठमाडौं - पशुपतिनाथको दर्शनका लागि पाशुपत परिसर पुग्ने जोकोहीले अब सडकमा बसेर माग्ने ‘सडकमानव’ देख्नुपर्ने छैन। पशुपति क्षेत्र विकास कोषले त्यस्ता सहयोगापेक्षी मानिसलाई मानव सेवा आश्रममा पु¥याएर उत्कृष्ट जीवन यापनको व्यवस्था मिलाएपछि यस्तो अवस्था आएको हो। पशुपतिनाथ मन्दिर क्षेत्रलाई मंगलबार मगन्तेरहित क्षेत्र घोषणा गरिएको छ। पछिल्लो समय मानसिक एवं शारीरिक रुपमा अनाथ र असहाय बनेर…