सार्वजनिक यातायातमा सित्तैमा गीत बजाउन नपाइने, रोयल्टी तिरेपछि मात्र बिलबुक नविकरण हुने

काठमाडौं-  अबदेखि सार्वजनिक यातायातमा गीत बजाउँदा संगीत रोयल्टी तिर्नु पर्ने भएको छ। यातायात व्यवस्था विभागले व्यवस्थापन कार्यविधि निर्देशिकामा संशोधन गर्दै सोमबारबाट यो व्यवस्था देशभरबाट एक साथ कार्यान्वयन गर्न लागिएको जनाएको छ। यो नियम लागु भएदेखि एफएम, क्यासेट प्लेयर जुनसुकै माध्यमबाट गीत बजाउँदा पनि रोयल्टी तिर्नुपर्ने हुन्छ। गीत बजाएर रोयल्टी नतिरेमा प्रतिलिपी ऐन बमोजिम दुर्इ लाख रुपैयाँसम्मको तिर्नुपर्ने…